शीर्षकहरू

नेप्से परिसूचक बढ्दा कारोबार रकममा पनि सुधार, बैंकिङमा सर्वाधिक वृद्धि

नेप्से परिसूचक बढ्दा कारोबार रकममा पनि सुधार, बैंकिङमा सर्वाधिक वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकले सकारात्मक संकेत देखाउँदै बन्द भएको छ। अघिल्ला दुई दिन लगातार घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो।

नेप्से परिसूचक यस दिन २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०१ अंक, फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक बढेका छन्।

कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बुधबारको १३ अर्ब १८ करोड रुपैयाँको कारोबारपछि बिहीबार ३३५ स्टकको १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ।

उपसमूहगत विश्लेषण गर्दा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

बैंकिङ्ग उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ। विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहमा पनि सकारात्मक प्रभाव देखिएको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहमा भने परिसूचक सामान्य घटेको छ।

यस दिन दुई स्टक सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य करिब ९.५ प्रतिशतले बढेको छ। घटेका स्टकहरुको मूल्य गिरावट ४ प्रतिशतभन्दा कम रहेको छ।

नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम सर्वाधिक रहेको छ। यस दिन सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्ट्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड र कुमारी बैंकको साढे ४४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

नेप्से परिसूचक र कारोबार रकम दुबैको वृद्धि लगानीकर्ताको सक्रियता बढेको र बजारमा विश्वास कायम रहेको प्रस्ट देखाउँछ।

null