शीर्षकहरू

नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा स्वीटजरल्याण्डका एरेना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा स्वीटजरल्याण्डका एरेना नियुक्त

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा स्वीटजरल्याण्डका गग्लीएल्मो एरेनालाई नियुक्त गरेको छ। एन्फाले बिहीबार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो।

एरेनाको सम्झौता आगामी १ मार्च २०२६ देखि २०२७ फेब्रुअरी अन्तिमसम्म रहनेछ। यसअघि उनी लाओसको यू-२३ टोलीको केयरटेकरको रूपमा कार्यरत थिए। नेपाली टोलीको मुख्य प्रशिक्षक पदका लागि ७ सयभन्दा बढी उम्मेदवारले आवेदन दिएका थिए, जसमध्ये एरेनालाई छनोट गरिएको हो।

मुख्य प्रशिक्षकको सम्झौता प्रारम्भिक रूपमा एक वर्षको भए पनि आर्थिक विषय आपसी सहमतिमा निर्धारण गरिएको एन्फाले जनाएको छ। एन्फा महासचिव किरण राईले एरेनालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

एरेनाको नेतृत्वमा नेपाली टोलीको पहिलो खेल मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङविरुद्ध हुने छ।