शीर्षकहरू

मध्यपूर्व तनावको असर : बिहीबार ७ एयरलाइन्सका १४ उडान रद्द

मध्यपूर्व तनावको असर : बिहीबार ७ एयरलाइन्सका १४ उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धले बिहीबार पनि नेपालबाट हुने अन्तराष्ट्रिय उडान प्रभावित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार ७ वटा एयरलाइन्सका १४ वटा उडान रद्द भएका छन् । केही उडानहरु ढिलाई भए भने केही उडानहरु पुन : तालिका गरिएका छन्।

कार्यालयका अनुसार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका उडान प्रभावित भएका हुन्।

रद्द भएका उडानमध्ये जजिरा एयरवेज र कुवेत एयरवेजका कुवेततर्फका उडान सञ्चालन हुन सकेनन् । यस्तै, एयर एशियाको शारजाह उडान २२ मार्चसम्मका लागि रद्द गरिएको विमानस्थलले जनाएको छ।

फ्लाई दुबईका दुबईतर्फका तीन उडान पनि रद्द भएका छन् । नेपाल एयरलाइन्सका कतारको दोहा गन्तव्यका दुई उडान प्रभावित भएका छन् । त्यस्तै कतार एयरवेजका दुई तथा हिमालयन एयरलाइन्सका दोहातर्फका दुई उडान पनि रद्द भएको जानकारी विमानस्थलले दिएको छ।

विमानस्थल प्रशासनले यात्रु व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित एयरलाइन्स र सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ । थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा टेलिफोनमार्फत सम्पर्क गर्न यात्रुलाई आग्रह गरिएको छ।