काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा २०८२ फागुन २८ गते, बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो। सभामा शेयरधनी, सञ्चालक समिति सदस्य, पूर्व सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ।
सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको वित्तीय विवरण सहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्यो । आर्थिक वर्ष २०८२र८३ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।
सभामा अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरे भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिका उपलब्धिहरू प्रस्तुत गरे। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५०५ बढी रकम छुट्याएको छ।
नवजात शिशुको जीवन रक्षा गर्न बैंकले सुरु गरेको ७० वटा ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २५९० भन्दा बढी शिशुको जीवन बचाउन सफल भएको छ। राष्ट्रप्रति दायित्व निर्वाह गर्दै बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ करमा योगदान पुर्याएको छ। बैंकको चुक्ता पूँजी रु ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । शाखा कार्यालय ११७, विस्तारित काउन्टर ३ र एटीएम ७५ रहेका छन् ।
आर्थिकन्यूज