शीर्षकहरू

२८ सयले घट्यो सुनको भाउ

२८ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार ८०० रूपैयाँले घटेको हो । 

हिजो बिहीबार तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार ३ लाख १४ हजार २०० रुपैयाँमा झरेको छ । 

तोलाको २० रूपैयाँले घटेर चाँदीको मूल्य ५ हजार ४९५ रुपैयाँ कायम भएको छ ।