शीर्षकहरू

वैदेशिक अध्ययनका लागि विदेशीने रकम २१ प्रतिशतले बढ्यो

वैदेशिक अध्ययनका लागि विदेशीने रकम २१ प्रतिशतले बढ्यो

काठमाडौं । विदेश अध्ययन गर्न जाँदा नेपाली विद्यार्थीले लैजाने रकम २१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/०८२ को ७ महिनामा यसरी बाहिरिने रकम २१ प्रतिशतले वृद्धि भएको हो । 

यस अवधिमा नेपाली विद्यार्थीले ७७ अर्ब ५७ करोड रुपैयाँ लगेका छन् । जुन गत आवको सोही अवधिमा ६४ अर्ब १० करोड रुपैयाँ लगेका थिए । अर्थात् गत आवको सोही अवधिमा तुलनामा १३ अर्ब ४७ करोड रुपैयाँ बढी वैदेशिक अध्ययनका लागि बाहिरिएको हो ।

यस्तै, पछिल्लो ७ महिनामा खुद सेवा आय ५० अर्ब १६ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब १७ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत यस अवधिमा भ्रमण आय २.६ प्रतिशतले कमी आई ४७ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४९ अर्ब २८ करोड रहेको थियो । 

चालु आवको माघ मसान्तसम्म अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५.१ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १५ अर्ब ३४ करोड रहेको थियो ।