काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीका बोनस सेयर सूचीकरण भएका छन्। सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरन्स बोनस सेयर सूचीकरण भएको हो ।
सूचीकरण विवरण यस प्रकार छ:
सर्वोत्तम सिमेन्ट: २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर (५ प्रतिशत)।
सिक्लेस हाइड्रोपावर: १२ लाख ७५ हजार कित्ता बोनस सेयर (१५ प्रतिशत)।
छिमेक लघुवित्त वित्तीय संस्था: ४० लाख १९ हजार १८२.३३५ कित्ता बोनस सेयर (१२.५ प्रतिशत)।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था: ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर (५.६३६५ प्रतिशत)।
स्वरोजगार लघुवित्त वित्तीय संस्था: ११ लाख १७ हजार ९२.२७४३ कित्ता बोनस सेयर (१४.२५ प्रतिशत)।
सन नेपाल लाइफ इन्स्योरन्स: २५ लाख १५ हजार ६१६ कित्ता बोनस सेयर (५ प्रतिशत)।
सूचीकरण भएका बोनस सेयरहरू डिम्याट खातामा जम्मा भएपछि मात्रै कारोबार सुरु हुने छन्। लगानीकर्ताले आफ्नो डिम्याट खातामा सेयर उपलब्ध भएको सुनिश्चित गरेपछि मात्र कारोबार गर्न पाउनेछन् ।
आर्थिकन्यूज