रूपन्देही । ओमसतिया गाउँपालिका–१ ठुटीपिपलस्थित मेरीगोल्ड मन्टेसोरी स्कुलमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा वक्ताहरूले बालबालिकाको समग्र विकासका लागि मन्टेसोरी शिक्षा अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।
प्रकाश सिंह (वडा अध्यक्ष, ओमसतिया–३)ले भने, 'मेरीगोल्ड स्कुल पालिकाभित्रको पहिलो मन्टेसोरी विद्यालयका रूपमा सकारात्मक उदाहरण बनेको छ। प्रारम्भिक शिक्षा बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण हुन्छ।'
शिक्षाविद् बाबुराम भण्डारीले भने, ‘बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक जीवनसँग सम्बन्धित ज्ञान दिनुपर्छ। मन्टेसोरी प्रणालीले घरायसी वातावरणमा सहज सिकाइको अवसर दिन्छ।’
विद्यालयले बालमैत्री र व्यवहारिक शिक्षण विधि अपनाएको विद्यालयकी प्रिन्सिपल बिन्दु खरालले बताए। बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक व्यवहार विकास गर्ने वातावरण सिर्जना गरिएको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी र अन्य पुरस्कार पनि वितरण गरिएको थियो । नृत्य, गीत, नाटक तथा सिर्जनात्मक कार्यक्रमले कार्यक्रमलाई आकर्षक बनायो।
विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको बहुआयामिक विकासमा योगदान पुर्याइरहेको छ। अभिभावकहरूले विद्यालयले संस्कार र व्यवहारिक ज्ञानमा पनि ध्यान दिएको भन्दै प्रशंसा गरेका थिए।
आर्थिकन्यूज