शीर्षकहरू

खाडी क्षेत्रबाट हिमालय एअरलाइन्सको विषेश उडान मार्फत नेपालीलाई स्वदेश ल्याउन पहल

खाडी क्षेत्रबाट हिमालय एअरलाइन्सको विषेश उडान मार्फत नेपालीलाई स्वदेश ल्याउन पहल

काठमाडौं ।  खाडी क्षेत्रमा उत्पन्न परिस्थितिका कारण प्रभावित नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन हिमालय एअरलाइन्सले विशेष उडान सञ्चालन गरिरहेको छ।  

८ मार्च २०२६ देखि दुबई–काठमाडौं रुटमा विशेष उडान प्रारम्भ गरेको एअरलाइन्सले जनाएको छ ।  हालसम्म ५ वटा विशेष उडानमार्फत ७६५ नेपाली नागरिकलाई स्वदेश फिर्ता गराइएको छ।  नियमित उडानमा अवरोध भएकाले प्रभावित यात्रुलाई वैकल्पिक व्यवस्था गरिएको हो।  

 यात्रुहरूको सुरक्षित तथा समयमै फिर्ती सुनिश्चित गर्न निरन्तर समन्वय गरिरहेको एअरलाइन्सलेले जनाएको छ।  दैनिक एक नियमित उडान पनि सञ्चालन भइरहेको छ।  

हिमालय एअरलाइन्स्ले चुनौतीपूर्ण परिस्थितिमा नेपाली नागरिकलाई सहयोग गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।