शीर्षकहरू

नवीकरण नगरेकाले ‘श्री सुविधा मनि चेन्जर’ को इजाजतपत्र रद्द

नवीकरण नगरेकाले ‘श्री सुविधा मनि चेन्जर’ को इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले इजाजतपत्र नवीकरण नगरेको कारण एक मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको जनाएको छ।

बैंकले आइतबार सूचना प्रकाशित गर्दै झापाको मेचीनगर नगरपालिका–६ मा रहेको श्री सुविधा मनि चेन्जर प्रा.लि.को इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार मनिचेञ्जर कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाले तोकिएको समयभित्र नवीकरण नगरेपछि मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको हो।

उक्त निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जनाएको छ।

null