शीर्षकहरू

सानिमा जिआईसी इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

सानिमा जिआईसी इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण बाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।