काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्ने भएको छ। रास्वपाको सचिवालय बैंठकमा यस्तो जानकारी गराइएको हो । केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीको सचिवालय बैठक बस्दै छ । समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ ।
बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।
आर्थिकन्यूज