शीर्षकहरू

सिटिजन्स बैंकको इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

सिटिजन्स बैंकको इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ।

फागुन २९ र ३० गते काठमाडौंमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ वटा टिम सहभागी भएका थिए। बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्ता कार्यक्रमले संस्थाको संस्कारलाई मजबुत बनाउने, सुशासन र अनुशासनप्रति संस्थाको प्रतिबद्धता झल्काउने बताए। उनले यस्ता गतिविधिले कर्मचारीबीच आपसी सहकार्य र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिताका विजेतालाई प्रमुख कार्यकारी अधिकृत पोखरेलले पुरस्कार वितरण गरेका थिए। बैंकले आगामी दिनमा पनि कर्मचारीबीच सहकार्य, सकारात्मक ऊर्जा र संस्थागत एकतालाई बलियो बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यसैबीच बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। साथै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक अनलाइन प्लेटफर्म र फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सुरु गरेको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।