काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘द रियल सेल’ अभियान घोषणा गरेको छ। कम्पनीका अनुसार यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछ।
अभियान अवधिभर ग्राहकले विभिन्न सामानमा ६० प्रतिशतसम्म छुट, छनोट गरिएका वस्तुमा निःशुल्क डेलिभरी तथा ६३ लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस सेलमा विभिन्न ब्रान्डसँग साझेदारीमा विशेष अफर पनि राखिएको छ। प्लाटिनम पार्टनरका रूपमा चर्च एन्ड ड्वाइट र रोहटोका उत्पादनमा ४४ प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्रान्डहाउसका सामानमा ६० प्रतिशतसम्म छुट तथा सिल्वर पार्टनर नाइकका उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने दराजले जनाएको छ।
कम्पनीका अनुसार ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनमा यसपटक पनि डबल प्राइस डिफ्रेन्स रिफन्ड योजना लागू हुनेछ। यदि ग्राहकले नेपालभित्रको अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजभन्दा सस्तो भेट्टाएमा आवश्यक सर्त पूरा गरेपछि मूल्य फरकको दोब्बर रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।
दराजका अनुसार यस अभियानमार्फत ग्राहकलाई स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर र गृह सजावट लगायत विभिन्न श्रेणीका उत्पादनमा आकर्षक अफर उपलब्ध गराइनेछ। कम्पनीले यो अभियानले देशभरका ग्राहकलाई सहज र लाभदायक अनलाइन किनमेल अनुभव दिने विश्वास व्यक्त गरेको छ।
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाको प्रमुख ई–कमर्स प्लेटफर्ममध्ये एक हो। यसले नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ।
आर्थिकन्यूज