काठमाडौं। कोकाकोलाले नेपालभरि फैलिने ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ, जसले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
अभियानमार्फत देशभरका लोकप्रिय मोमो पसलहरूको अनुभव साझा गर्न, स्वाद चाख्न र स्थानीय व्यवसायीहरूलाई सम्मान गर्न सकिनेछ भने डिजिटल कार्यक्रममार्फत उपभोक्ताहरूले आफ्ना अनुभवहरू साझा गर्दै पुरस्कार जित्ने अवसर पाउनेछन्।
कोकाकोलाको ‘मोमो फोमो’ अभियान नेपालमा पहिलोपटक सञ्चालन हुने कार्यक्रम हो, जसले मोमो र कोकाकोलाको लोकप्रिय संयोजनलाई अझ उत्साहपूर्ण बनाउने उद्देश्य राखेको छ। अभियानको मुख्य आकर्षण डिजिटल प्लेटफर्म हो, जहाँ सहभागीहरूले देशभरका चर्चित र टोल–छिमेकमा रहेका मोमो पसलहरूको खोजी गर्न सक्नेछन्। यसले स्थानीय स्वाद र मोमोको समृद्ध संस्कृतिलाई उजागर गर्दै पसल सञ्चालन गर्ने व्यवसायीहरूसँग भेटघाट र अनौठा कथाहरू सुनाउने अवसर पनि दिनेछ।
नेपालमा मोमो र कोकाकोला लामो समयदेखि लोकप्रिय जोडी मानिन्छ। साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खानाको अनुभवमा मोमो र कोकाकोला धेरैको रोजाइमा पर्छन्। यस अभियानले यही अनुभवलाई उत्सवको रूपमा प्रस्तुत गर्दै मोमो खाँदाको क्षणलाई अझ रमाइलो बनाउने प्रयास गरेको छ।
अभियानमार्फत उपभोक्ताहरूले विशेष माइक्रोसाइटमा आफ्नो मनपर्ने मोमो पसल खोज्न, मूल्याङ्कन गर्न, फोटो वा अनुभव अपलोड गर्न र विभिन्न गतिविधिहरूमा सहभागी भई पुरस्कार जित्ने अवसर पाउनेछन्। यस अभियानमा हालसम्म नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी छन्।
कोकाकोलाले ‘मोमो फोमो’ अभियानमार्फत स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसहरूलाई नजिक ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
आर्थिकन्यूज