शीर्षकहरू

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि सिफारिस

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि सिफारिस

काठमाडौं ।  सरकारले रिक्त राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतिका लागि सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ ३० गते गृहमन्त्री नियुक्त गरेकी थिइन्। उनी प्रधानमन्त्रीको विश्वास पात्र मानिन्छन् र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उनीलाई माथिल्लो सदनमा पठाउने सुनिश्चित गरेको छ।

अर्यालकाठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहको कानुनी सल्लाहकार पनि थिए। कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार गठनमा पनि सक्रिय छन्।

यसअघि राष्ट्रियसभामा अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा चलेको थियो, तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाश अर्याललाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन्।

त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ ।