शीर्षकहरू

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ। कुवेत मा रहेका नेपाली नागरिक अब साउदी अरेबिया हुँदै नेपाल फर्किन पाउने भएका छन्।

कुवेतस्थित नेपाली दूतावास ले सूचना जारी गर्दै वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ।

दूतावासका अनुसार साउदी भिसा प्राप्त भएपछि कुवेतबाट सडकमार्ग हुँदै साउदी अरेबिया प्रवेश गरी त्यहाँको विमानस्थलमार्फत नेपाल आउन सकिने व्यवस्था मिलाइएको छ।

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल फर्किन चाहने नेपालीका लागि उक्त व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।

दूतावासले साउदी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सम्बन्धित नेपालीलाई आग्रह गरेको छ।

null