शीर्षकहरू

पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा भित्रिए ६७९१ पर्यटक

पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा भित्रिए ६७९१ पर्यटक

झापा। पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा ६७९१ ज्ना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म पूर्वी नाकाबाट अमेरिका, बेलायत, भुटानलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिएका हुन्।

उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मंसिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए।

सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए। उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटक संख्या ६ हजार ५५२ रहेको छ भने १८४७ जना नेपालीसमेत विदेश गएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए।