काठमाडौं । आज साेमबार सुनकाे मूल्य बढ्दा चाँदीको भाउ घटेकाे छ । यस दिन सुनको भाउ तोलाको १०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार हिजाे आइतबार तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज साेमबार ३ लाख ९ हजार ५०० रुपैयाँमा उक्लिएकाे छ ।
चाँदीको भाउ तोलाको ५ रूपैयाँले घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज