शीर्षकहरू

७ महिनामा विकास बैंकको नाफा ४ अर्ब, सलपा सहित ४ वटा घाटामा

७ महिनामा विकास बैंकको नाफा ४ अर्ब, सलपा सहित ४ वटा घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा विकास बैंकहरुले ४ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आवको साउनदेखि माघ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले भने घाटा ब्यहोरेका छन् । 

नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ । यस बैंकले ८२ करोड १५ लाख नाफा कमाउँदा गरिमा विकास बैंकले ७७ करोड ९४ लाख साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख, कामना सेवा विकास बैंकले ४७ करोड ६० लाख र ज्योति विकास बैंकले ३८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख र लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यी ४ विकास बैंक घाटामा 

राष्ट्र बैंकका अनुसार कर्पाेरेट डेभलपमेनट बैंक, सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले घाटा ब्यहोरेका छन् । 

जहाँ सबैंभन्दा धेरै घाटा नारायणीलाई भएको छ । यस विकास बैंकले ५ करोड १४ लाख रुपैयाँ घाटा व्योहोरदा सिन्धुलाई १ करोड ५२ लाख रुपैयाँ घाटा लागेको छ । त्यस्तै, सालपा र कर्पाेरेटलाई क्रमशः  १ करोड ४२ लाख र ६३ लाख रुपैयाँ घाटा लागेको छ ।

 null