शीर्षकहरू

दोलखामा निर्वाचित सांसद खरेललाई सफल कार्यकालको शुभकामना, क्षेत्रीय विकासमा योगदानको अपेक्षा

दोलखामा निर्वाचित सांसद खरेललाई सफल कार्यकालको शुभकामना, क्षेत्रीय विकासमा योगदानको अपेक्षा

काठमाडौँ। दोलखा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित जगदीश खरेल लाई बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद खरेलको उपस्थिती रहेको थियो भने विभिन्न विशिष्ट व्यक्तित्व र स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा रोल्वालिङ गुम्बा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुर्बु थुन्दु शेर्पा, माउन्ट एभरेस्ट समिटर्स क्लबका अध्यक्ष दावा छिरी शेर्पा, र रोल्वालिङ सांस्कृतिक समाज सेवा केन्द्रकी अध्यक्ष मिङमा फूटी शेर्पा लगायत विशिष्ट अतिथिहरू उपस्थित थिए।

त्यसैगरी, दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–९ का दिदीबहिनी, दाजुभाइ र स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ विशेष र सफल बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा सांसद खरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको विकास, समृद्धि र जनअपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरिएको थियो। उपस्थित वक्ताहरूले जनप्रतिनिधिले जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

आयोजक पक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, स्थानीय जनसमुदाय र उपस्थित महानुभावहरूप्रति आभार व्यक्त गरेको छ।