काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको एक रिक्त पदमा काठमाडौं १० नयाँबानेश्वर निवासी पुनम घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका छन ।
आज बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाएका छन । सपथ कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति रहेको थियो ।
आर्थिकन्यूज