काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज मा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेड को बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ५१ लाख ३७ हजार ४८९.१४ कित्ता बोनस सेयर सूचीकृत गरिएको छ। कम्पनीले वितरण गरेको ४० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १४ लाख ६२ हजार ७१०.५० कित्ता बोनस सेयर सूचीकृत गरिएको छ। कम्पनीले वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ।
यसैगरी, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेडको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत गरिएको छ। कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकरण भएको हो।
सूचीकृत भएका यी सबै बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।
आर्थिकन्यूज