झापा । Global Money Week 2026 का अवसरमा झापाको बिर्तामोडमा वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। ‘स्मार्ट मनी टक’ भन्ने मूल नारासहित सोमबार आयोजित कार्यक्रममा बिर्तामोडस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारी सहभागी भएका थिए।
प्रभातफेरीका क्रममा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि, बचत संस्कृतिको विकास, डिजिटल बैंकिङको प्रयोग, जिम्मेवार खर्च तथा उचित लगानीबारे सर्वसाधारणलाई जानकारी गराउने सन्देश प्रवाह गरेका थिए। उनीहरूले बिर्तामोडका विभिन्न स्थानमा प्रभातफेरी गर्दै वित्तीय शिक्षाको महत्वबारे जनचेतना फैलाएका थिए।
कार्यक्रमबारे बोल्दै Excel Development Bank Limited का नायब महाप्रबन्धक Ashok Kshetri ले यस्ता कार्यक्रमले विशेषगरी युवामा स्वस्थ वित्तीय बानीको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले मानिसलाई आर्थिक अनिश्चिततासँग सजग रहन र भविष्यका लागि उचित वित्तीय योजना बनाउन प्रेरित गर्छ।
सन् २०१२ देखि सुरु भएको Global Money Week अभियान हाल विश्वका १८० भन्दा बढी देशमा हरेक वर्ष मनाइँदै आएको छ। यस अभियानमार्फत विशेषगरी बालबालिका र युवालाई वित्तीय शिक्षाको महत्वबारे जानकारी गराउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ।
आर्थिकन्यूज