शीर्षकहरू

'जीली एक्स ५ म्याक्स' किन्दा ७ दिनका लागि थाइल्याण्ड भ्रमणको अवसर

'जीली एक्स ५ म्याक्स' किन्दा ७ दिनका लागि थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर माेटर्स प्रालिले आफ्नो प्रिमियम विद्युतीय एसयूभी जीली इएक्स ५ म्याक्स(Geely EX5 Max) मा नयाँ वर्ष विशेष बिक्री योजना सार्वजनिक गरेको छ। “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” नाम दिइएको उक्त योजना सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना चैत १ देखि वैशाख ७ सम्म लागू हुनेछ। सो अवधिभित्र जीली एक्स ५ म्याक्स खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन्। योजना अन्तर्गत ग्राहकलाई २ जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको अवसर पनि प्रदान गरिनेछ।

यसका साथै ग्राहकहरूले स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा झन्झटमुक्त वित्तीय सुविधा (फाइनान्सिङ) जस्ता लाभ पाउने कम्पनीले जनाएको छ। त्यस्तै १ वर्षको निःशुल्क अटो प्लस बीमा र १ वर्षको निःशुल्क रोड ट्याक्सको सुविधा पनि उपलब्ध गराइनेछ।

कम्पनीका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठले नयाँ वर्षको अवसरमा ग्राहकलाई विशेष अनुभव दिन यो योजना ल्याइएको बताए। उनका अनुसार विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै थाइल्याण्ड भ्रमण, बीमा, रोड ट्याक्स र अन्य सुविधासहितको आकर्षक प्याकेज तयार गरिएको हो।​​​​​​​

एलआरआर माेटर्सले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा र प्रिमियम अनुभव दिने लक्ष्यसहित जीली इएक्स ५ विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। नयाँ वर्षका लागि ल्याइएको यो योजना ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सुरु गर्न चाहने ग्राहकलाई Geely EX5 Max रोज्न आग्रह गरेको छ। इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि उपलब्ध यस अफरको लाभ लिन सक्नेछन्।