शीर्षकहरू

आज पनि हिजोको जस्तै हावाहुरी चल्न सक्छ, सतर्क रहन अनुरोध

आज पनि हिजोको जस्तै हावाहुरी चल्न सक्छ, सतर्क रहन अनुरोध

काठमाडौं । आज मंगलबार पनि अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

सोमबारको हावाहुरीबाट उदयपुरको कटारी नगरपालिका–५ र ८ का दुई जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको रूखको हाँगाले लागेर मृत्यु भएको थियो। 

यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिरनजिकै हुरीबतासका कारण रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। सोमबारको हुरीका कारण ७ जना घाइते भएका थिए ।