शीर्षकहरू

मुग्लिन-पोखरा सडक विस्तारः आँबुखैरेनी-जामुने ४१ किमी खण्ड निर्माण सम्पन्न

मुग्लिन-पोखरा सडक विस्तारः आँबुखैरेनी-जामुने ४१ किमी खण्ड निर्माण सम्पन्न

तनहुँ। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी देखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’मा विस्तार भएको छ।

आगामी पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

एसियाली विकास बैंकबाट छ अर्ब ३१ करोड ऋण लिएर यो सडक विस्तार गरिएको हो ।