शीर्षकहरू

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकरण भएका रु. १ करोडसम्मका बक्यौता सावाँ भएका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ असार मसान्तभित्र तोकिएका शर्त पूरा गरी ब्याज छुटको सुविधा उपभोग गर्दै कर्जा चुक्ता गर्न सक्नेछन्।

यस्तै, वि.सं. २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत मसान्तभित्र बक्यौता सावाँ र ब्याज भुक्तानी गरी कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले सम्बन्धित ग्राहकहरूलाई आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क गरी उक्त सुविधाको लाभ लिन आग्रह गरेको छ।