शीर्षकहरू

२ नेपाली विद्यार्थीको स्टार्टअप 'वाइ कम्बिनेटर'मा छनोट, ५ लाख डलर लगानी पाउने

२ नेपाली विद्यार्थीको स्टार्टअप 'वाइ कम्बिनेटर'मा छनोट, ५ लाख डलर लगानी पाउने

काठमाडौँ । अमेरिकामा अध्ययनरत दुई नेपाली विद्यार्थीले स्थापना गरेको स्टार्टअप ‘लामिना ल्याब्स’ Lamina Labs वाइ कम्बिनेटर (Y Combinator) मा छनोट भएको छ।

मेरिकामा अध्ययनरत दुई नेपाली विद्यार्थीहरू सुदीप रोकाया र रोहन भट्टराईले स्थापना गरेका उक्त कम्पनीले ५ लाख अमेरिकी डलर रूपैयाँ प्राप्त गरेकाे हाे । 

उक्त स्टार्टअप सन् २०२६ को सिजनमा छनोट भएको जनाइएको छ। छनोटसँगै लामिना ल्याब्सले ५ लाख अमेरिकी डलर (करिब ६ करोड ५० लाख रुपैयाँ) बराबरको लगानी प्राप्त गरेकाे हाे। सो लगानी इक्विटी र ‘सेफ’ (SAFE—Simple Agreement for Future Equity) मोडेलमार्फत उपलब्ध गराइने जनाइएको छ।

लामिना ल्याब्स कृत्रिम बुद्धिमत्ता (AI) तथा उन्नत प्रविधिमा आधारित समाधान विकास गर्ने टेक कम्पनी हो। सुदीप रोकाया हाल एमआईटी (MIT) मा कम्प्युटर साइन्स विषय अध्ययनरत छन् भने रोहन भट्टराई क्यालटेक (Caltech) मा इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्प्युटिङ विषय अध्ययन गरिरहेका छन्। 

उनीहरूले कम्पनी सन् २०२४ देखि सञ्चालनमा ल्याएको जनाइएको छ। वाइ कम्बिनेटरमा छनोट हुनु अत्यन्त प्रतिस्पर्धात्मक मानिन्छ। विश्वभरबाट हजारौँ स्टार्टअप आवेदन परे पनि सीमित संख्यामा मात्र छनोट हुने गर्छन्। यस्तो अवस्थामा लामिना ल्याब्सको छनोटलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

वाइ कम्बिनेटर (Y Combinator) के हो ?

वाइ कम्बिनेटर (Y Combinator) अमेरिका-आधारित स्टार्टअप एक्सेलेरेटर हो, जसले सन् २००५ देखि प्रारम्भिक चरणका स्टार्टअपहरूलाई लगानी र अन्तर्राष्ट्रिय पहुँच उपलब्ध गराउँदै आएको छ। यसले वर्षमा दुईपटक स्टार्टअप छनोट गरी छोटो अवधिको कार्यक्रममा सहभागी गराउँछ र उनीहरूलाई व्यवसाय विस्तार गर्न सहयोग पुर्‍याउँछ।