शीर्षकहरू

कारोबारसँगै बढ्यो बजार, ४ कम्पनीमा पोजिटिभ सर्किट

कारोबारसँगै बढ्यो बजार, ४ कम्पनीमा पोजिटिभ सर्किट

काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । परिसूचक १३.५१ अंकले बढेर २ हजार ८१२.३४ विन्दुमा उक्लिएको छ ।

जहाँ १३२ वटा कम्पनीको मूल्य बढ्दा ११३ कम्पनीको मूल्य भने घटेको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिलिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि हुँदा सालपा विकास बैंक र होटल फरेस्ट इनाको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । 

यस दिन कारोबार पनि वृद्धि भएको छ । सोमबार ११ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १२ अर्ब करोड ३ करोडको कारोबार भएको हो । आज ६ वटा उपसूचक वृद्धि हुँदा ७ उपसूचक घटेको छ ।