शीर्षकहरू

३ कम्पनीको ५९ लाख कित्ता शेयर सूचीकृत

३ कम्पनीको ५९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । मंगलबार एकैदिन ५९ लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यस दिन विभिन्न ३ कम्पनीको ५९ लाख ९ हजार ५०४ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ, हाइड्रोइलेक्टीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस शेयर र न्यादी ग्रुप अफ पावरको बोनस वापतको १७ लाख ५८ हजार ७१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।