शीर्षकहरू

अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने,  यस्ताे छ तरिका

अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने,  यस्ताे छ तरिका

काठमाडौं । अबदेखि उद्योग दर्ता अनलाइनबाटै गर्न सकिने भएको छ । उद्योग विभागले इण्ड्रस्टियल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) प्रणाली लागु गरेसँगै उद्योग दर्ता अनलाइनबाट गर्न सकिने भएको हो । 

जसका लागि विभागले सार्वजनिक सूचना नै जारी गरेको छ । यससँगै उद्योगीले उद्योग दर्ता गर्दा आवश्यक सम्पूर्ण कागजात अनलाइनबाट नै पेश गर्न सक्ने छन् । यसरी अनलाइनबाट पेश भएको कागजातलाई उद्योग विभागले अध्ययन गरेर उद्योग दर्ताको प्रमाणपत्र वितरण गर्ने विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले भने, 'उद्योगीले सबै डकुमेन्ट आईएमआईएस प्रणालीबाट समिट गर्छन । त्यो डकुमेन्ट हामीले अध्ययन गर्दछौँ र उद्योग दर्ताको प्रमाणपत्र वितरण गर्दछौँ ।’

तर, उद्योग दर्ताको प्रमाणपत्र लिनका लागि विभागमै धाउनुपर्ने उनले स्पस्ट पारे । आगामी दिनमा प्रमाणपत्र पनि सोही प्रणाली मार्फत अनलाइनबाट नै वितरण गर्ने गरी काम भइरहेको महानिर्देशक बस्नेतले बताए । उनले भनेर्, आजको मितिसम्म अनलाइनबाट डकुमेन्ट पेश गरेपछि उद्योग दर्ता हुन्छ । सर्टिफिकट लिन भने धाउनै पर्छ, तर हामीले सर्टिफिकेट पनि आईएमआईएस प्रणालीबाट नै वितरण गर्ने गरी काम गरिरहेका छौँ । यसो हुँदा उद्योगीले प्रणाली लग ईन गरेर प्रमाणपत्र प्रिन्ट गर्न सक्नेछन् ।’

७ प्रदेशमा एकै प्रणाली 

उक्त प्रणालीमा प्रदेशलाई पनि जोडने तयारी भइरहेको उनले बताए । यसका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । प्रदेशमा दर्ता हुने उद्योग पनि यसै प्रणालीमा अन्तर्गत दर्ता हुने गरी छलफल भइरहेको उनले बताए ।

प्रदेशलाई जोडेपछि यसरी ७ वटै प्रदेश र केन्द्रबाट दर्ता भएको उद्योगको तथ्यांक सोही सिस्टममा हेर्न सकिने छ । कर्णाली प्रदेशमा कति उद्योग दर्ता भयो भनेर कोशी प्रदेशले हेर्न सक्छ । यसका लागि औद्योगिक प्रवर्द्धन बोर्डसँग पनि छलफल भएको महानिर्देशक बस्नेतले बताए ।

आईएमआईएस प्रणालीमा एकल विन्दु पनि अटाउने

एकल विन्दु सेवा अन्तर्गत विभिन्न १४ वटा निकाय आबद्ध छन् । जसमध्ये ६ वटा निकायको शाखा उद्योग विभाग परिसरमा रहेको छ । एकल विन्दु सेवा पनि सोही प्रणालीमा जोडने तयारी भइरहेको छ । यसो गर्दा सम्बन्धित निकायहरुले आफ्नै कार्यालयबाट सोही प्रणालीको माध्यमबाट सेवा दिन्छन् । यसो हुँदा उद्योग विभागको परिसरबाट फाइल बोकेर सम्बन्धित निकायमा धाउनु पर्ने, सानो कामको लागि धाइरहनु पर्ने समस्या हट्छ ।

'अहिले उद्योग विभाग परिषरमा एकल विन्दुमा रहेका शाखाहरुले एउटा सानो सिग्नेचर गर्न पनि आफ्नो सम्बन्धित कार्यालयमा फाइल बोकेर जानुपर्ने बाध्यता छ ।,'उनले भने, 'उक्त सिस्टममा जोडेपछि उनीहरुले आफ्नै कार्यालयबाट काम गर्छन, धाइरहनु पर्ने बाध्यता हटछ, सेवा छिटो र प्रभावकारी हुन्छ ।’

अनलाइनबाट उद्योग दर्ता गर्ने तरिका 

१. नयाँ प्रयोगकर्ता दर्ता (New User Register) सम्बन्धी कार्यप्रक्रिया

  • उद्योग Industry Management Information System (IMIS) प्रयोग गर्नका लागी imis.doind.gov.np मा जाने, पहिलो पटक प्रयोग गर्दै गर्दा "Register New User" click गर्ने,
  • तत् पश्चात् नयाँ प्रयोगकर्ता दर्ता गर्न को लागि आवश्यक विवरण भर्ने, 
  • विवरण भरिसके पछि "Register" मा click गर्ने,
  • अब  "email inbox" मा गई [email protected] बाट आएको ईमेल खाेल्ने, यदि "inbox" मा इमेल नभेटिएमा "Junk" अथवा "Spam" मा पनि हेर्ने,
  • उक्त ईमेलमा भएको link मा गएर आफ्नो प्रयोगकर्ता Password राख्ने, 
  • अब आफुले राख्नु भएको "User Name" र "Password" प्रयोग गरी imis.doind.gov.np मा प्रवेश गर्न सकिने छ ।

उद्योग दर्ता पहिलेनै भइसकेको अवस्थामा

  • User Name र Password प्रयोग गरी IMIS मा प्रवेश गर्ने,
  • Dashboard मा भएको "Industry Link" Icon मा जाने,
  • "Industry Link"को पेजमा गई आफ्नो उद्योगको नाम, उद्योग दर्ता नम्बर र उद्योग दर्ता मिति भर्ने,
  • तत्पश्चात् उद्योग दर्ता प्रमाणपत्र र आधिकारिक Covering Letter तयार गरी upload गर्नुहोस् र Save गर्ने,
  • Industry Link को प्रक्रिया सम्मपन्न गर्नको लागी उद्योग विभागमा सम्पर्क गर्ने,
  • उद्योगले पेश गर्नु पर्ने आधिकारीक पत्रको हकमा उद्योग विभागबाट संबन्धित उद्योगीको इमेलमा प्राप्त भएको नमुना निवेदन प्रयोग गर्ने,
  • Industry Link भए पश्चात लिन चाहने सम्पुर्ण सेवाको लागी विवरण भर्नु पर्दा संबन्धित सेवा सम्बन्धी icon तथा Menu छानि सो मा विवरणा भर्नका लागी IMIS Dashboard मा भएको User Manual download गरी अध्ययन गर्ने,
  • Industry Data Update मेनुमा गई उद्योगको पछिल्लो विवरण प्रविष्ट गरी आवश्यक कागजात अपलोड गर्ने ।

उद्योग दर्ता नभएको अवस्थामा

  • आफ्नो User Name र Password प्रयोग गरी IMIS मा प्रवेश गर्ने,
  • IMIS मा प्रवेश पश्चात Dashboard देखिनेछ त्याे Dashboard मा भएका icon तथा Menu हरू प्रयोग गरी नयाँ उध्योग दर्ता, विदेशी लगानी स्वीकृति लताएतका सेवा लिनको लागी निवेदन पेश गर्न सकिन्छ,
  • Investors ले लिन चाहने सम्पुर्ण सेवाको लागी विवरण भर्नु पर्दा संबन्धित सेवा सम्बन्धी icon तथा Menu छानि सो मा विवरण भर्नका लागी IMIS Dashboard मा भएको User Manual download गरी अध्ययन गर्ने।