शीर्षकहरू

‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तरगत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले “बचत गर्दा भविष्य चम्किन्छ” भन्ने नारासहित, चैत्र २ गतेबाट विभिन्न स्थानमा कार्यक्रम आरम्भ गरेको जनाएको छ।

बैंकले आयोजना गरेको एक दिने कार्यक्रम होटल अनुत्तरा, बौद्धमा सम्पन्न भएको थियो। यस कार्यक्रममा ४७ जना सूक्ष्म, साना र मझौला उद्यमीलाई वित्तीय सेवा लिँदा आवश्यक प्रक्रिया, कागजात र वित्तपोषणका लागि आवश्यक योग्यताबारे जानकारी प्रदान गरिएको थियो। यसबाट व्यवसायीहरूलाई वित्तीय पहुँच र सहजता बढ्ने अपेक्षा गरिएको छ।

प्रभु बैंकका नेपालभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मुल नारासहित गुणस्तरीय बैंकिङ र वित्तीय सेवा प्रदान गरिरहेको छ।