शीर्षकहरू

ईरानको आइआरजीएफ : अमेरिका र इजरायललाई चुनौती दिने शक्ति कसरी चल्छ ?

ईरानको आइआरजीएफ : अमेरिका र इजरायललाई चुनौती दिने शक्ति कसरी चल्छ ?

ईरान । इस्लामिक रिवोल्यूशनरी गार्ड्स कोर्प्स(आइआरजीएफ) ईरानको राजनीतिक, सैन्य र आर्थिक संरचनाको केन्द्रबिन्दु बनेको छ। सुप्रीम लिडर अयातुल्लाहको प्रत्यक्ष नियन्त्रणमा रहने यो संस्था ईरानको डीएनए जस्तै मानिन्छ।

सन १९७९ मा अयातुल्लाह रुहोल्लाह खुमैनीले इस्लामिक क्रान्तिको रक्षा गर्न (आइआरजीएफ) गठन गरेका थिए। पुरानो सेना र प्रशासनमा विश्वास नहुँदा उनले नयाँ शक्ति संरचना बनाएर क्रान्ति सुरक्षित राख्ने जिम्मा गार्ड्सलाई दिए। ईरान–इराक युद्ध ( १९८०–१९८८) (आइआरजीएफ)को निर्णायक मोड साबित भयो। युद्धले यसलाई ढीला–ढाला क्रान्तिकारी दस्ताबाट शक्तिशाली सैन्य–राजनीतिक संस्थामा रूपान्तरण गर्‍यो। यसै अवधिमा बासिज मिलिशिया र कुद्स फोर्स गठन गरियो, जसले देशभित्र र विदेशमा ईरानको हित सुरक्षित गर्ने काम गरे।

आज (आइआरजीएफ)मा वैज्ञानिक, इन्जिनियर, अर्थशास्त्री र अनुसन्धानकर्ता समेत छन्। अमेरिका र इजरायलले नेताहरू, वैज्ञानिकहरूलाई लक्षित गरे पनि (आइआरजीएफ)को शक्ति कमजोर भएको छैन। मध्यपूर्वमा ईरानको प्रभाव कायम राख्ने मुख्य जिम्मा यही संस्थाले लिएको छ।

यूरोपेली संघले (आइआरजीएफ)को कुद्स फोर्सलाई आतंकवादी सूचीमा राखेको छ, भने ईरानले प्रतिउत्तरमा यूरोपेली सेनालाई आतंकी सूचीमा राखेको छ। यसले देखाउँछ कि ईरानको शक्ति संरचना र अन्तर्राष्ट्रिय सम्बन्धमा (आइआरजीएफ)को भूमिका अझै निर्णायक छ।

इस्लामिक रिवोल्यूशनरी गार्ड्स कोर्प्स (आइआरजीएफ) केवल सैन्य शक्ति मात्र नभई राजनीतिक, सामाजिक र आर्थिक संरचनामा पनि गहिरो प्रभाव जमाएको संस्था हो। ज्ञढडड मा ईरान–इराक युद्ध समाप्त भएपछि क्ष्च्न्ऋका धेरै कमाण्डरहरू राजनीति प्रवेश गरे। यसरी (आइआरजीएफ)ले ईरानको शासन प्रणालीमा प्रत्यक्ष प्रभाव जमाउन थाल्यो।

अली खामेनेई र (आइआरजीएफ)
१९८९ मा इस्लामिक क्रान्तिका जनक रुहोल्लाह खुमैनीको निधनपछि अली खामेनेई नयाँ सुप्रीम लिडर बने। उनले (आइआरजीएफ)लाई एक एलीट फोर्समा रूपान्तरण गरे। १९८१ देखि १९८९ सम्म राष्ट्रपति रहेका खामेनेई युद्धकालीन बैठकमा सहभागी हुन्थे, मोर्चामा जान्थे, र (आइआरजीएफ)का अनियमित युद्ध शाखामा सक्रिय सदस्य थिए। यसरी उनको (आइआरजीएफ)सँग गहिरो सम्बन्ध रह्यो।

मुज्तबा खामेनेईको भूमिका
मौजूदा सुप्रीम लिडर मुज्तबा खामेनेईले १८ वर्षको उमेरमा (आइआरजीएफ) ज्वाइन गरेका थिए। उनले चार प्रमुख युद्धमा भाग लिएका थिए र घाइते पनि भए। युद्धपछि २००९ देखि २०२१ट सम्म उनी बसीज मिलिशियाका प्रमुख रहे। साथै (आइआरजीएफ)को खुफिया शाखा र सुरक्षा विभागमा अघोषित नेतृत्व गरेका थिए।

अन्तर्राष्ट्रिय अभ्यास र कासिम सुलेमानी
(आइआरजीएफ)ले चीन लगायतका सेनासँग आतंकवादविरोधी अभ्यास गरेको छ। यसका करिश्माई कमाण्डर कासिम सुलेमानी (आइआरजीएफ) र अबु बकर अल–बगदादीलाई समाप्त गर्न निर्णायक मानिन्छन्। तर २०२० मा अमेरिका द्वारा बगदाद एयरपोर्टमा ड्रोन हमलामा उनी मारिए। यस घटनाले (आइआरजीएफ)को अन्तर्राष्ट्रिय छवि अझ चर्चित बनायो।

(आइआरजीएफ)का अंगहरू
पछिल्ला ४१ वर्षमा (आइआरजीएफ)ले विभिन्न शाखा विस्तार गरेको छ । जसमा कुद्स फोर्स – विदेशमा प्रॉक्सी समूहलाई सहयोग गर्ने शाखा,बसीज रेजिस्टेन्स फोर्स – आन्तरिक विद्रोह नियन्त्रण गर्ने अर्धसैनिक मिलिशिया,एयरोस्पेस फोर्स – मिसाइल, ड्रोन र अन्तरिक्ष कार्यक्रमको जिम्मा,ग्राउन्ड फोर्सेस – सीमा सुरक्षा र विरोध प्रदर्शन नियन्त्रण,नौसेना फोर्स – होर्मूज गलियारा जस्ता क्षेत्रमा छापामार युद्धमा दक्ष,इंटेलिजेन्स अर्गनाइजेशन – पत्रकार, विरोधी र नरेटिभ नियन्त्रण,इंटेलिजेन्स प्रोटेक्शन अर्गनाइजेशन – (आइआरजीएफ)भित्रै काउंटर–इंटेलिजेन्स र सायबर डिफेन्स कमाण्ड – हैक, डिजिटल भ्रम सिर्जना, साइबर युद्ध रहेका छन।

नयाँ प्रयोग र नेतृत्व
२०२६ मा (आइआरजीएफ)ले विश्वकै पहिलो ड्रोन क्यारियर समुद्री बेडामा समावेश गर्‍यो। यसमा ड्रोन्स र हेलिकप्टर उडान भर्ने सुविधा थियो। हाल (आइआरजीएफ)को नेतृत्व ब्रिगेडियर जनरल अहमद वहिदीको हातमा छ। सुप्रीम लिडरद्वारा नियुक्त हुने यो संस्था डिस्ट्रीब्यूटेड कमाण्ड मोडेलमा काम गर्छ, जसले नेतृत्वको मृत्यु वा राजधानीसँग सम्पर्क विच्छेद भए पनि कामलाई असर पार्दैन।