खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ मा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ।
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेल का अनुसार काठमाडौंबाट शव लिएर आउँदै गरेको हेलिकोप्टरमा केही आफन्तहरु सवार थिए। सानो दुर्घटनामा एक जनाको खुट्टा भाँचिएको जानकारी प्राप्त भएको छ।
घटनाको विस्तृत विवरण र अन्य क्षतिको जानकारी आउन बाँकी रहेको छ। स्थानीय प्रशासनले घटनास्थलको अनुसन्धान गरिरहेको छ।
आर्थिकन्यूज