काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख ७ हजार ७०० रुपैयाँ थियो । आज बिहीबार ३ लाख २ हजार ३०० रुपैयाँमा झरेको हो ।
तोलाको १४० रुपैयाँले घटेर चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज