काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालिले फर्थिङ एक्सचेन्ज फेस्ट सुरु गर्ने भएको छ । चैत ६ गतेदेखि ८ गतेसम्म थापाथलीमा उक्त एक्सचेन्ज मेला सुरु हुनेछ ।
एक्सचेन्ज फेस्टमा ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फर्थिङ फ्राइडे खरिद गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले ७ लाखसम्म बचत गर्न सक्ने जनाइएको छ ।
एक्सचेन्ज गर्दा निम्न सुविधाहरू पाइन्छ
- एक्सचेन्ज बोनसः हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने ।
- नगद छुट: नयाँ फर्थिङ फ्राइडेको खरिदमा आकर्षक नगद छुट ।
- १ वर्षको अटो प्लस बीमा: यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज।
- १ वर्षको सड़क कर: स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश ।
- नि:शुल्क स्पेयर टायर र एसी (AC) चार्जर : कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू उपलब्ध।
फोर्थिङ,चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी डोङफेङ लिउहोउ मोटर कम्पनीअन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रालि नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो ।
आर्थिकन्यूज