शीर्षकहरू

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी

काठमाडौं ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि अन्तिम कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

प्राविधिक रूपमा योग्य सातवटा चिनियाँ तथा भारतीय कम्पनी (नेपाली साझेदारसँगको जेभी) मध्येबाट यसै हप्ता वित्तीय बोलपत्र खोलेर एउटा कम्पनी छानिनेछ। छनोट हुने कम्पनीले पाँच वर्षका लागि सुरुङमार्गको २४सै घण्टा सुरक्षा, ट्राफिक व्यवस्थापन, मर्मत-सम्भार र आपत्कालीन उद्धारको जिम्मेवारी सम्हाल्नेछ।

जापान सरकार र नेपाल सरकारको करिब २२ अर्ब रुपैयाँ संयुक्त लगानीमा निर्मित २.६८ किलोमिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको चाप घट्नेछ।

यसले यात्रा समय र इन्धन खर्च कम गर्नुका साथै सुरक्षित यात्रा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। कम्पनी छनोट लगत्तै सुरुङमार्गको परीक्षण सञ्चालन गरी सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ।