शीर्षकहरू

भैरहवामा सेरा ब्रान्डका स्यानिटरी सामग्री सार्वजनिक, गुणस्तरीय उत्पादनमा जोड

भैरहवामा सेरा ब्रान्डका स्यानिटरी सामग्री सार्वजनिक, गुणस्तरीय उत्पादनमा जोड

भैरहवा । रूपन्देहीको भैरहवामा सेरा ब्रान्डका स्यानिटरी सामग्रीहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छ। बिहीबार लुम्बिनी रोडमा आयोजित एक कार्यक्रममा उक्त ब्रान्डका विभिन्न उत्पादन लन्च गरिएको हो। कार्यक्रममा निर्माण व्यवसायी, प्राविधिक, स्थानीय व्यापारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाली बजारमा सेरा ब्रान्ड भित्र्याउने काम चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रालिले गरेको हो। कम्पनीका प्रतिनिधिहरूका अनुसार पछिल्लो समय नेपालमा आधुनिक तथा गुणस्तरीय स्यानिटरी सामग्रीको माग बढ्दै गइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन उपलब्ध गराउने उद्देश्यले यो ब्रान्ड ल्याइएको हो।
कार्यक्रममा बोल्दै शेरा सेनेटवेयर लिमिटेडका अध्यक्ष सन्दिप अब्ह्रामले सेरा ब्रान्डले उपभोक्ताको आवश्यकतालाई केन्द्रमा राखेर उत्पादन गर्दै आएको बताए। उनले भने, “हामीले उत्पादन गर्ने सामग्रीहरू गुणस्तरीय मात्र होइन, आधुनिक डिजाइन र दीगो प्रयोगका हिसाबले पनि उत्कृष्ट छन्।” उनका अनुसार सेरा ब्रान्ड अन्तर्गत धारा, कमोड, बेसिन, सावर लगायतका विभिन्न स्यानिटरी सामग्री उपलब्ध छन्, जसले घर तथा व्यावसायिक भवन दुवैका लागि उपयुक्त समाधान प्रदान गर्छ।

भैरहवाका आधिकारिक विक्रेता सुसान्त आचार्यले स्थानीय बजारमा गुणस्तरीय सामग्रीको अभाव महसुस भइरहेका बेला सेरा ब्रान्डले उपभोक्तालाई नयाँ विकल्प दिने विश्वास व्यक्त गरे। उनले भने, “हामीले ग्राहकलाई उचित मूल्यमा टिकाउ र आकर्षक डिजाइनका सामग्री उपलब्ध गराउने लक्ष्य राखेका छौं।” साथै उनले बिक्रीपछिको सेवा पनि प्रभावकारी बनाइने बताए।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले पनि सेरा ब्रान्डका सामग्रीले नेपाली बजारमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने धारणा राखेका थिए। उनीहरूले गुणस्तर र सेवामा केन्द्रित रहेर काम गरेमा उपभोक्ताको विश्वास जित्न सकिने बताए।

सेरा ब्रान्डका सामग्रीहरू भारतमा उत्पादन हुने गर्छन्। कम्पनीका अनुसार हाल भारतसहित नेपाल, लण्डन, दुबई, श्रीलंका लगायत विश्वका करिब ४० देशमा यस ब्रान्डका सामग्रीहरू बिक्री वितरण हुँदै आएका छन्। अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड भएकाले नेपालमा पनि यसको माग बढ्ने अपेक्षा गरिएको छ।

चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रालिले आगामी दिनमा सेरा ब्रान्डका उत्पादनहरू देशका अन्य प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीले गुणस्तर, विश्वास र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीय बजारमा अन्तर्राष्ट्रिय स्तरका स्यानिटरी सामग्रीको प्रवेशले निर्माण क्षेत्रमा नयाँ विकल्प थपिएको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार यसले उपभोक्तालाई गुणस्तरीय सामग्री छनोट गर्ने अवसर प्रदान गर्नुका साथै बजारमा स्वस्थ प्रतिस्पर्धा पनि बढाउनेछ।