शीर्षकहरू

फोहरबाट व्यवसाय सिक्ने कार्यशाला: भुजुङ समुदायमा सिर्जनात्मक उद्यमशीलता प्रवर्द्धन

फोहरबाट व्यवसाय सिक्ने कार्यशाला: भुजुङ समुदायमा सिर्जनात्मक उद्यमशीलता प्रवर्द्धन

काठमाडौँ । वातावरणमैत्री तथा सिर्जनात्मक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यले “WOW – Well–Being Out of Waste” कार्यक्रम अन्तर्गत काठमाडौंमा आयोजित तीन दिने कार्यशालामा भुजुङ समुदायका स्थानीय तथा महिला उद्यमीहरूले सक्रिय सहभागिता जनाएका छन्।

कार्यक्रममा सहभागीहरूले फोहर वा बेकार वस्तुहरूलाई उपयोगी उत्पादनमा रूपान्तरण गर्ने विभिन्न तरिका सिकेका छन्। स्थानीय महिला र युवा उद्यमीहरूले आफ्ना उत्पादन क्षमता बढाउन, व्यवसाय विस्तार गर्न र सिर्जनात्मक उद्यमशीलता अभ्यास गर्न सक्ने अवसर पाएका छन्।

तीन दिनसम्म चलेको कार्यशालामा सहभागीहरूले लागत–लाभ विश्लेषण, उत्पादन प्रक्रिया सुधार, बजारमा प्रतिस्पर्धात्मक मूल्य निर्धारण र गुणस्तर नियन्त्रण जस्ता विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। साथै, उनीहरूले आफ्नो उत्पादनलाई कसरी व्यावसायिक बनाउने र निर्यात योग्य बनाउने भन्ने बारेमा पनि जानकारी पाएका छन्।

कार्यक्रमका समापन अवसरमा आयोजकहरूले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा यस प्रकारका कार्यक्रम निरन्तरता दिने आश्वासन दिएका छन्। कार्यक्रममा सहभागी भुजुङ समुदायका महिला र युवा उद्यमीहरूले आफूले सिकेका सीप प्रयोग गरी आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

यस पहलले स्थानीय समुदायमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। फोहरबाट व्यवसाय सिक्ने कार्यशाला: भुजुङ समुदायका महिला–युवामा सिर्जनात्मक उद्यमशीलता प्रवर्द्धन