शीर्षकहरू

भारतबाट रुकुम पश्चिमकी युवती उद्धार

घरपरिवारको सम्पर्कविहीन अवस्थामा राखेर घरेलु काममा बाध्य पार्ने गिरोह पक्राउको तयारी

भारतबाट रुकुम पश्चिमकी युवती उद्धार

रुकुम पश्चिम । भारतको हिमाचल प्रदेशको कोतखाईबाट घरपरिवारसँग सम्पर्क नभएको अवस्थामा बन्धक बनाई घरेलु काममा बाध्य पारिएको रुकुम पश्चिमकी २१ वर्षीया नेपाली युवती उद्धार गरिएको छ।

पीडितको परिवारले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमार्फत उद्धारको अनुरोध गरेपछि दूतावासले भारतको स्थानीय प्रहरी र बालकल्याण समितिसँग समन्वय गरी युवतीलाई सुरक्षित उद्धार गरेको हो।

उद्धारमा समन्वयकर्ता नविन जोशीले किशोरी चार वर्षअघिदेखि स्याउ बगानमा काम गर्दै आएकी थिइन् र पछि घरमा काममा बाध्य बनाइएको बताए। घरमा काममा राख्दा पारिश्रमिक नदिने र परिवारसँग सम्पर्क नदिइ राख्ने गरेको पाइएको छ।

उद्धार पश्चात पीडितलाई आवश्यक स्वास्थ्य उपचार प्रदान गरी कानुनी प्रक्रिया पूरा गरिँदै परिवारको जिम्मा लगाइएको छ। घटनाविरुद्ध प्रहरीमा उजुरी दिइसकिएको र पीडकविरुद्ध कारबाही अघि बढाइने जानकारी दिइएको छ। स्थानीय बासिन्दा र पीडितको परिवारले उद्धार टिमको स्वागत गर्दै खुशी व्यक्त गरेका छन्।