शीर्षकहरू

करिब ८ हजारले घट्यो सुनको भाउ, ३ लाख मुनि झर्याे

करिब ८ हजारले घट्यो सुनको भाउ, ३ लाख मुनि झर्याे

काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । 

यस दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो । 

तोलाको ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।