शीर्षकहरू

होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले गर्याे कब्जा

होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले गर्याे कब्जा

काठमाडौं । एक जना नेपालीलाई इरानले कब्जामा लिएको छ ।  इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पक्राउ परेका व्यक्ति अमृत झा रहेको जनाइएको छ । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोही क्रममा उनी पनि परेका हुन् ।

पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।