शीर्षकहरू

'इद'काे अवसरमा शनिबार सार्वजनिक बिदा

'इद'काे अवसरमा शनिबार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद–उल–फित्र)को अवसरमा शनिबार बिदा दिने भएकाे हाे । 

मुस्लिम आयोगबाट प्राप्त पत्रबमोजिम शनिबारलाई इदको बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। ०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार गृहले सार्वजनिक बिदा दिएको हो।