काठमाडौं । काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ। वर्षासँगै आएको असिनाले दैनिक गतिविधिमा अवरोध पुर्याएको छ।
जल तथा मौसम विज्ञान विभागले अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको थियो। विभागका अनुसार यस्तो मौसमका कारण मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
आर्थिकन्यूज