शीर्षकहरू

बलिउड चलचित्र धुरन्धर २ ले बक्स अपिसमा तहक्का मच्चायो

बलिउड चलचित्र धुरन्धर २ ले बक्स अपिसमा तहक्का मच्चायो

एजेन्सी । रणवीर सिंह र आदित्य धरको फिल्म (धुरंधर २) द रिवेन्जले रिलिज भएको दुई दिनमै बक्स अफिसमा तहल्का मच्चाएको छ। मार्च १९ मा प्रदर्शनमा आएको यो स्पाइ–एक्सन सिक्वेलले पेड प्रिभ्यु शोबाटै रेकर्ड तोड कमाइ गर्न सफल भएको हो।

सैक निल्कका तथ्यांक अनुसार, मार्च १८ मा भएको पेड प्रिभ्युमा फिल्मले भारतभर १२,२९२ शोमार्फत ५२.७१ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने नेट कलेक्सन ४४ करोड रुपैयाँ रहेको छ। यो भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो प्रिमियर कमाइ मानिएको छ ।

जसले गत वर्षको (धुरंधर) २८ करोड ओपनिङको रेकर्डसमेत तोडेको छ। रिलिजपछि धुरंधर २ ले बक्स अफिसमा डबल सेन्चुरी पार गरिसकेको छ। फिल्मले (जवान) को रेकर्ड उछिने पनि (पुष्पा २) को रेकर्डसम्म भने पुग्न सकेको छैन।