शीर्षकहरू

रिज्टा जेडकाे सफलतापिछ वैद्य एनर्जीले नेपाल भित्र्याउँदै रिज्टा एस, यस्ता छन् फिचर

रिज्टा जेडकाे सफलतापिछ वैद्य एनर्जीले नेपाल भित्र्याउँदै रिज्टा एस, यस्ता छन् फिचर

काठमाडौँ । एथर एनर्जीको आधिकारिक वितरक वैद्य एनर्जी प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस ( Ather Rizta S )  सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार उक्त स्कुटर आगामी मार्च २७, २०२६ देखि नेपाली बजारमा उपलब्ध हुनेछ।

सअघि नाइमा एक्सपाे २०२५ ( NAIMA Expo 2025 ) मा सार्वजनिक गरिएको रिज्टा जेडले सफलता पाएपछि कम्पनीले रिज्टा एस ल्याउन लागेको हो । बढ्दो पेट्रोल मूल्यको सन्दर्भमा किफायती र दिगो यातायात विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ मोडेल ल्याउन लागिएको जनाइएको छ।

कम्पनीका अनुसार रिज्टा एसको बुकिङ देशभर खुला गरिएको छ, जहाँ ग्राहकले केवल ९९९ रूपैयाँ तिरेर स्कुटर बुक गर्न सकिन्छ। उक्त रकम पूर्ण रूपमा फिर्ता हुनेछ। प्रारम्भिक ग्राहकले परिचयात्मक मूल्यमा स्कुटर खरिद गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।

रिज्टा एस नेपाली परिवारहरूको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको बताइएको छ। यसमा अधिकतम १२३ किलोमिटर (IDC) रेन्ज, फास्ट चार्जिङमार्फत १० मिनेटमा १५ किलोमिटरसम्म दूरी थप्न सकिने सुविधा, ३४ लिटरको अन्डरसीट स्टोरेज र ८० किलोमिटर प्रतिघण्टा अधिकतम गति रहेको छ। साथै रिभर्स मोड, AutoHold र ParkAssist जस्ता सुविधाले सहरमा सवारी चलाउन सहज बनाउने कम्पनीको दाबी छ।

यस स्कुटरमा पाँच वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी उपलब्ध हुने बताइएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीले जनाएको छ।

स्कुटर देशभर रहेका एथर एक्सपिरियन्स सेन्टरमार्फत उपलब्ध हुनेछ। कम्पनीले सीमित परिचयात्मक लाभका कारण इच्छुक ग्राहकलाई चाँडै बुकिङ गर्न आग्रह गरेको छ।