काठमाडौँ । एभरेष्ट बैंकले नेपाली धर्म, संस्कृति, पर्यटन तथा पुरातात्त्विक महत्त्व झल्काउने कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकले विगतदेखि नै यस्ता विषयवस्तु समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै बैंकले यस वर्ष २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ। यस वर्षको क्यालेन्डरमा ‘नेपालको विकास यात्रा: नवप्रवर्तनका आयामहरू’ भन्ने मूल विषयवस्तु समावेश गरिएको छ।
एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले क्यालेन्डर अनावरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालकहरू तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
हाल एभरेष्ट बैंकका करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। देशभर बैंकका १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटीएम सञ्चालनमा छन्।
बैंकले विश्वव्यापी नेटवर्कमार्फत आधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको छ।
बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य देशमा पनि आफ्ना प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गर्दै आएको जनाएको छ।
आर्थिकन्यूज