काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा स्मार्ट मनी वीक्स (Smart Money Talks) भन्ने मूल नारासहित ‘ग्लोबल मनी वीक–२०२६’ अन्तर्गत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम चैत ६ गते सम्पन्न भएको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रभातफेरी कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामै आएर समापन गरिएको थियो। कार्यक्रममा स्मार्ट मनी वीक्स मूल नारासहितका वित्तीय सचेतनामूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो।
प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम तथा ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अघि बढिरहेको जनाएको छ।
आर्थिकन्यूज