एजेन्सी । तेहरानविरुद्ध इजरायल र अमेरिकाबीच आक्रमण जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यतर्फ संकेत दिएका छन्। उनले करिब तीन सातादेखि चलिरहेको सैन्य अभियानलाई कम गर्ने विचार व्यक्त गर्दै, अमेरिका आफ्नो लक्ष्य नजिक पुगेको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै भने, “ईरानको आतङ्ककारी शासनविरुद्धको व्यापक सैन्य प्रयासलाई अन्त्य गर्ने सोचमा छौं, र हामी हाम्रो उद्देश्य पूरा गर्ने नजिक छौं।”
उनले पाँच प्रमुख लक्ष्य उल्लेख गरेका छन् । ईरानको मिसाइल क्षमता र लञ्चरहरू नष्ट गर्ने, रक्षा औद्योगिक आधार ध्वस्त पार्ने,नौसेना, वायुसेना तथा विमानरोधी प्रणाली समाप्त गर्ने, ईरानलाई परमाणु क्षमता नजिक पुग्न नदिने र मध्यपूर्वका सहयोगी राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्ने रहेको छ ।
ट्रम्पले इजरायल, साउदी अरब, कतार, संयुक्त अरब अमीरात, बहरीन, कुवेतलगायत सहयोगी राष्ट्रहरूको सुरक्षा सर्वोच्च प्राथमिकता हुने बताए। साथै, होर्मुज जलडमरूमध्यको सुरक्षा त्यसको प्रयोग गर्ने देशहरूले गर्नुपर्ने उल्लेख गर्दै, अमेरिका स्वयं यसको प्रयोग नगर्ने भएकाले निगरानी जिम्मा उनीहरूकै हुने धारणा राखे।
आर्थिकन्यूज